
लन्डन । सुपरम्यान फिल्मका खलनायक जेनेरल जडको भूमिकाबाट चर्चित अंग्रेजी अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन भएको छ। छ दशकभन्दा लामो आफ्नो अभिनय यात्रामा स्ट्याम्पले द एडभेन्चर्स अफ प्रिस्किला, क्वीन अफ द डेजर्ट, भालकायरलगायत चर्चित फिल्महरूमा अभिनय गरेका थिए। परिवारका अनुसार उनको निधन आइतवार बिहान भएको हो।
‘उनी उत्कृष्ट अभिनेता र लेखकका रूपमा अमूल्य सम्पत्ति छाडेर गए, जसले वर्षौँसम्म मानिसहरूलाई छुनेछ,’ परिवारले विज्ञप्तिमा भनेको छ। ब्रिटिस फिल्म एन्ड टेलिभिजन एकेडेमी (बाफ्टा) ले उनको निधनप्रति दुःख व्यक्त गर्दै सन् १९६३ र १९९५ मा पाएका दुईवटा नामाङ्कनलाई स्मरण गरेको छ। सुपरम्यान फिल्मकी उनकी सह–कलाकार सारा डग्लसले उनलाई स्मरण गर्दै इन्स्टाग्राममा लेखेकी छिन्, ‘टेरेन्सबाट मैले धेरै कुरा सिकेँ। मेरो करिअरको सुरुवातमै उनको साथ पाउनु सौभाग्य थियो।’
२२ जुलाई १९३८ मा लन्डनको इष्ट स्टेप्नीमा जन्मिएका स्ट्याम्प सामान्य परिवारका थिए। ग्रामर स्कूलपछि विज्ञापन क्षेत्रमा करिअर सुरु गरेका उनले छात्रवृत्तिमार्फत नाट्य विद्यालयमा प्रवेश पाए। १९६२ मा रिलिज भएको बिली बड फिल्मबाट उनले पहिलो पटक मुख्य भूमिका पाए। सो फिल्ममा प्रदर्शनका लागि उनले अस्कर अवार्ड को बेस्ट सपोर्टिङ एक्टर को नामाङ्कन तथा गोल्डेन ग्लोब अवार्ड जितेका थिए।
स्ट्याम्पले सुपरम्यान र सुपरम्यान २ मा जेनेरल जड, द कलेक्टर मा अपहरणकारी फ्रेडी क्लेग, र फार फ्रम द म्याडिङ क्राउडमा सार्जेन्ट ट्रोयका भूमिकाबाट विशेष ख्याति कमाए।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार