
काठमाडौं । नेपालका युवा विद्यार्थीहरूमाझ प्राविधिक नवप्रवर्तन र डिजिटल सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Tech Gurkha Digital Services र Cyber Ghar ले राष्ट्रिय स्तरको ह्याकाथन CyberUtsav 2.0 को आयोजना गर्ने योजना गरेको छ । यस राष्ट्रिय स्तरको कार्यक्रमलाई सफल बनाउन Sajha Sapana र Nexus Events ले सह-आयोजकको भूमिका निर्वाह गरेका छन् । साथै, Google Developer Group Kathmandu र Hack Club Nepal ले प्राविधिक साझेदारको रूपमा सहकार्य गरेका छन् । कार्यक्रमका संयोजक तथा टेक गुर्खा डिजीटल सर्भिसेस प्रा.लि.का कार्यकारी निर्देशक दिक्षान्त पाण्डेका अनुसार, यो राष्ट्रिय ह्याकाथन यसै भदौ महिनामा देशका चार प्रमुख सहरहरूमा आयोजना हुनेछ ।
यो कार्यक्रम इटहरीमा भदौ ११ देखि १३, पोखरामा भदौ १६ देखि १८, चितवनमा भदौ २१ देखि २३, र काठमाडौँमा भदौ २६ देखि २८ गतेसम्म चल्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने भदौ २९ गते काठमाडौँमा आयोजना हुनेछ । आयोजकका अनुसार, चितवन संस्करणमा कक्षा ११ र १२ (+२ स्तर) का विद्यार्थीहरू मात्र सहभागी हुन सक्नेछन् भने काठमाडौँ, पोखरा र इटहरीमा +२ स्तरदेखि स्नातक तहको पहिलो वर्षसम्मका विद्यार्थीहरूले सहभागी हुन सक्नेछन् ।
यस राष्ट्रिय कार्यक्रममा आधिकारिक बीमा साझेदार (Official Insurance Partner) को रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लि. र Education Partner को रुपमा Edusanjal रहेको छ । त्यसैगरी, काठमाडौँ संस्करण तथा ग्राण्ड फिनालेको मुख्य आयोजकको रुपमा Gateway College ले सहकार्य गरेको छ । कार्यक्रमलाई अन्य सहरहरूमा स्थानीय संस्थाहरूले सहकार्य गर्नेछन्, जस अन्तर्गत इटहरीमा Education Planet र विश्व आदर्श कलेजको सहकार्य रहेको छ भने पोखरामा Interact Club of Lake Side र SOS Hermann Gmeiner School Gandaki को सहकार्य रहेको छ भने चितवनमा Aroma College को सहकार्य रहेको छ ।
विद्यार्थीहरूलाई के फाइदा?
CyberUtsav 2.0 ले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक परियोजनामा रूपान्तरण गर्ने अवसर प्रदान गर्दछ । यसले युवाहरूलाई आफ्नो सिर्जनशीलता देखाउन, टिममा सहकार्य गर्दै एक अर्काको सीप तथा सिर्जना आदनप्रदान गर्न, वास्तविक समस्या पहिचान गरि समाधान गर्ने क्षमताको बिकास गर्न र बिभिन्न उद्योग तथा सूचना प्रविधि क्षेत्रका अनुभवी विशेषज्ञहरूबाट प्रत्यक्ष मार्गदर्शन एवं प्रत्यक्ष मेन्टरसिप प्राप्त गर्न सहयोग पुर्याउनेछ । साथै, ग्रान्ड फिनालेमा उत्कृष्ट तीन प्रोजेक्टहरूले कुल एक लाख रुपैयाँ राशिको आकर्षक नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर हरु प्राप्त गर्न र भविष्यका लागि आफ्नो पहिचानको पोर्टफोलियोलाई बलियो बनाउन सक्नेछन् ।
यस कार्यक्रम आयोजकका अनुसार, “CyberUtsav 2.0 युवाहरूलाई प्रविधि मार्फत आफ्नो सिर्जनशीलता प्रदर्शन गर्ने एउटा सुनौलो अवसर हो । हाम्रो लक्ष्य विद्यार्थीहरूलाई वास्तविक समस्या समाधान गर्न प्रेरित गर्नु र उनीहरूको प्रतिभा तथा पहिचानलाई सही दिशा दिन यो कार्यक्रम गर्न लागिएको बताउछन ।”
यी सबै सहरमा सहभागीहरूका लागि दर्ता निशुल्क रहेको छ । ग्रान्ड फिनालेमा सहभागी हुन आउने बाहिरी सहरका सहभागीहरूको खर्च आयोजकले नै व्यहोर्ने बताइएको छ । इच्छुक विद्यार्थीहरूले २ देखि ४ जनासम्मको टोली (टिम) बनाएर आवेदन दिन सक्नेछन् । थप जानकारी तथा सहभागी दर्ताका लागि www.cyberutsav.com वेबसाइटमा जान सकिनेछ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै