
कैलाली। कैलालीको गोदावरी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक राजी ताल संरक्षण अभावमा पुरिन थालेको छ । चुरे पर्वतमा पर्ने उक्त तालमा वर्षात्को पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण पुरिन थालेको हो ।
झण्डै चार हेक्टर क्षेत्रफलमा फैलिएको राजी ताल धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । ताल खारपानी मन्दिर नजिकबाट मुलका रूपमा बग्ने पानीको मुख्य रिचार्जको स्रोत रहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमी साउँदले बताए । चुरे क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको राजी ताल संरक्षण अभावमा बर्सेनि पुरिँदै गएको उनले बताए । ताल संरक्षणको कार्यक्रम अगाडि नबढाइए ताल लोप हुने जोखिम रहेको स्थानीयवासी बताउँछन् । सो तालमा चुरे क्षेत्रका वन्यजन्तुले पानी पिउने र चराचुरुङ्गीले जलक्रीडा गर्ने गर्दछन् ।
ताल संरक्षणका लागि हाल मष्टाधाम व्यवस्थापन समितिले सङ्घीय सरकारको सहयोगमा डिपीआर बनाइसकेको अध्यक्ष साउदको भनाइ छ । राजी तालमा बाह्रै महिना पानी रहनेगरी काला खोलाको पानी ल्याउनले योजना रहेको भए पनि त्यसका लागि भने बजेटको सुनिश्चितता नभएको उनले बताए ।
प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले चुरे पहाडमा रहेको राजी तालको संरक्षण आवश्यक रहेको बताए । संरक्षणको काम डिभिजन वनअन्तर्गत पर्ने बताउँदै उहाँले प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिएको बताए ।
चुरे क्षेत्रमा रहेको सो ताल संरक्षणपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, पिकनिक स्थल र उद्यानलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइने निमित्त प्रमुख बोहराको भनाइ छ । धार्मिक ग्वासी समैजी र मोहन्याल देवताबीच स्थानको विषयलाई लिएर झगडा हुँदा पहाडबाट मष्टा देवता आएर उक्त स्थानमा बसी दुवै देवताबीच मेलमिलाप गराएको किंवदन्ती पनि छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै