
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ पर्यटन क्षेत्र सुधारका लागि जरूरी भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताएका हुन् ।
उक्त विधेयकमाथि सदस्य डा अञ्जान शाक्य, गङ्गाकुमारी बेल्वासे, किरणबाबु श्रेष्ठ, तारामान सुवार, सुरेशकुमार आलेमगर, गोपीबहादुर अछामी, तुलसाकुमारी दाहाललगायतले नेपाल प्राकृतिक हिसाबले सुन्दरता, पर्यटन क्षेत्रको दिगो विकास राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए । मन्त्री पाण्डेले उक्त विधेयकमाथिको छलफलपछि नेपालको प्राकृतिक र सांस्कृति दृष्टिकोणले निकै सम्भावनाका क्षेत्र रहेको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट पर्यटन प्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त प्रस्ताव समितिको सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सदस्यहरूले विधेयक शाखामा गएर संशोधन राख्न सकिने जानकारी गराए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू