
वीरगञ्ज । पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ । मधेस प्रदेशमा भएको सुक्खाग्रस्त खडेरी र ढिलो गरी भएको वर्षात् र छिपिएको रोपो लगाएको कारणले गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाले यो वर्ष पर्सामा सुक्खाग्रस्त सङ्कटको कारणले ढिलागरी मात्रै धान रोपाइँ भएकाले उत्पादनमा प्रत्यक्ष असर पार्ने बताए । ‘एकातर्फ लामो समयदेखिको खडेरीले खेतमा पानीको अभाव देखियो । अर्कोतर्फ ढिलो गरी धान रोपाइँ हुँदा छिपिएको रोपोको कारणले उत्पादकत्वमा ह्रास आउने देखिन्छ’, उनले भने, ‘धान खेतीमा अविछिन्न पानी जम्नुपर्ने खेत धाँजा फाटेकाले धान बालीमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण देखापर्ने उच्च सम्भावना रहेको छ । त्यसले उत्पादकत्वमा केही न केही असर पार्नेछ ।’
कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा ३७ हजार सात सय ३१ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिलेसम्म ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष यहाँ दुई लाख ३३ हजार मेट्रिकटन धान फलेको थियो ।













समाचार
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर