जनशक्ति उत्पादन र उद्धारलाई प्रभावकारी बनाउन प्रथम उपाध्यक्षमा मेरो उम्मेदवारीः मिङ्मा शेर्पा

काठमाडौं । मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र विदेशीलाई हिमालका चुचुरोमा पु¥याएका छन् । हिमालमा अलपत्र परेका सयौँको उद्धार गरेका छन् । त्यति मात्रै होइन, हिमाललाई जलवायु परिवर्तनबाट बचाउन कैयौँ पटक हिमाल सफा गरेका छन् ।

तर पछिल्लो समय हिमालमा काम गर्ने जनशक्ति घट्दै गएको उनले देखेका छन् । जलवायु परिवर्तनको असरले हिमाल पगाल्दै जाँदाको असर महसुस गरेका छन् । हिमालमा अलपत्र परेका आरोहीहरुको उद्धारका क्रममा देखिएका समस्या पनि भोगेका छन् । नेपालको पर्यटनको प्रमुख आधार हिमालप्रति भइरहेको वेवास्ता र यसले निम्त्याएको समस्या समाधानमा सक्रिय शेर्पा यतिबेला नेतृत्व तहमा पुगेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

यसअघि नेपाल पर्वतारोहण संघमा कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका मिङ्मा भदौ ७ गते हुन लागेको संघको कार्यसमितिमा प्रथम उपाध्यक्षका उम्मेदवार छन् । शेर्पा हिमाल आरोहणलाई व्यवस्थित गर्न, दक्ष जनशक्ति उत्पादन गर्र्न र उद्धारलाई प्रभावकारी बनाउने योजनाका साथ नेतृत्वमा आउन चाहेको बताउँछन् । “हिमाल आरोहण गर्नेहरुका लागि लगानी गर्ने चलन नै छैन, एक दशकअघिसम्म वार्षिक ६० जनासम्म जनशक्ति उत्पादन भइरहेकामा अहिले त्यो शून्यमा झरेको अवस्था छ”, उनले भने, “यदि हामीले समयमै यसतर्फ ध्यान दिएनौँ भने हाम्रो पहिचान मेटिन सक्छ ।”

प्रविधिको प्रयोग अहिले उन्नत स्तरमा भइरहेको छ । प्रविधिको प्रयोग हिमाल आरोहण, उद्धार र फोहर संकलनमा पनि भइरहेको छ । यस्तो अवस्थामा आरोहणसम्बन्धी समस्या नयाँ ढंगबाट पनि सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने उनले बुझेका छन् । “आरोहणमात्रै होइन, उद्धारमा ठूलो समस्या अझै पनि छ, हिमाल आरोहणका समयमा उद्धारका लागि हाम्रो तयारी नै हुँदैन, जुन समयमा समस्या पर्छ, त्यहीअनुसार उद्धारमा जुट्ने अवस्था छ”, उनले भने, “संघले उद्धारका लागि जनशक्ति तयार गर्नुपर्ने आवश्यक छ । यसले जोखिम कम गराउन ठूलो सहयोग गर्नेछ ।”

सन् १९८९ मे १६ मा ताप्लेजुङमा जन्मिएका शेर्र्पालाई धेरैले मिङ्मा डेभिड शेर्पाका नामले चिन्छन् । हिमाल आरोहण गरेरै विश्व कीर्तिमान काम गरेका छन् । उनका नाममा सबैभन्दा कम उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेको विश्व कीर्तिमान छ ।

सन् २०२१ जनवरी १६ मा उनीसहित १० नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेका थिए । केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा विन्टर सिजनमा उनीहरुले गरेको त्यो पहिलो आरोहण थियो । त्यसअघि विन्टरमा केटु आरोहण गर्ने ४८ वटा असफल प्रयास भएका थिए ।

मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उहाँ गाउँकै पहिलो व्यक्ति हुन् । फक्ताङ्लुङ गाउँपालिकामा जन्मिएका उनको बाल्यकाल पनि त्यहीँ बित्यो । गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरु अमेरिका, क्यानडा र युरोपतिर जान्थे । मिङ्माको परिवार कृषिमै निर्भर थियो ।

भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाए । आधार शिविरमा आरोहीहरु देखेपछि उनको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो ।

काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिए । त्यसपछि उनी ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे । खत्री तीनपटक सगरमाथा आरोहण गरिसकेका छन् । “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भने, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ ।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार