
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन् । शेर्पाले अध्यक्षका प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । विजयी बन्ने क्रममा शेर्पाले ३४२ मत ल्याए भने गुरुङ २८८ मत ल्याएका छन् । गुरुङलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूको समर्थन थियो । त्यस्तै आफुलाई स्वतन्त्र उम्मेदवार दाबी गरेका शेर्पालाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले समर्थन गरेका थिए ।
संघका अधिकांस पदमा शेर्पाका प्यालन विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहका ईश्वर पौडेलले ३४५ मत ल्याएर विजयी बने । प्रथम उपाध्यक्षमा गुरुङ प्यानलका मिङ्मा ग्याबो शेर्पा भएका छन् । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा र सचिवमा चन्दन थापा विजयी भएका छन् । उनीहरु सबै शेर्पा प्यानलका हुन् ।
यता, कोषाध्यक्षमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामाको बराबरी ३०२ मत आएकाले गोलाप्रथाबाट दुवैले आधा–आधा कार्याकाल कार्यभार सम्हाल्ने निर्णय भएको छ ।
त्यसैगरी सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन् ।
कसले कति मत पाए ?
अध्यक्ष
• फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी)
• कुलबहादुर गुरुङ : २८८
वरिष्ठ उपाध्यक्ष
• इश्वरी पौडेल : ३४५ (विजयी)
• टिका गुरुङ : २५८
प्रथम उपाध्यक्ष
• मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
• काजी शेर्पा : २५६
द्धितीय उपाध्यक्ष
• बोधराज भण्डारी : ३६८ (विजयी)
• धनबहादुर गुरुङ : २३८
महासचिव
• राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
• विमल नहर्की : २०९
• शिव सापकोटा : ६८
सचिव
• चन्दन थापा : ३५८ (विजयी)
• ङिमा दिकी शेर्पा : २४४
कोषाध्यक्ष
• ङिमा नुर्बु शेर्पा : ३०४
• सुमी लामा : ३०४
(बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय भएको)
सदस्य (विजयी)
• माधवकुमार धमला : २७८
• केदार न्यौपाने : ३०२
• थुप्देन शेर्पा : ३२६
• गोकुल थापा : २८८
• मुलाल गुरुङ : ३५१
• देण्डी शेर्पा : ३११
• विक्रम कार्की : ३०६
• रिञ्जे शेर्पा : ३०१
• देवेन्द्र डंगोल : २९५
• दिकी शेर्पा : २८८
• निशा भोटे : ३०७













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल