
काठमाडौं । फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ । पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १–० ले हराउँदै लगातार दोस्रो जित दर्ता गराएको हो ।
पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले जित निकाल्यो । खेलको सुरुवातीमा अन्जेर्सको कडा रक्षात्मक पंक्तिलाई तोड्न पिएसजीले संघर्ष ग¥यो। २५औँ मिनेटमा जोआओ नेभेसलाई बक्सभित्र मारियस कोर्कुलले फाउल गरेपछि पेनाल्टी पाएको थियो। तर बलोन डि’ओरका दाबेदार डेम्बेलेले स्पट–किक गोलपोस्टमाथि प्रहार गर्दा मौका गुम्यो ।
खेलको अन्तिमतिर फाबियनले दोस्रो गोलको अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर बाहिरियो ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो