
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्रदूषणले नभेट्ने जन्तीढुङ्गामा आनन्द लिन आउनेहरूको घुइँचो लाग्ने गरेको छ । हरियाली वातावरणमा आनन्द लिन र टिकटक बनाउन यहाँ आउनेको सङ्ख्या बढेको हो ।
विराटनगर घर भई हाल काठमाडौँ बानेश्वरमा अध्ययनरत विकास यादवले टिकटकमा भिडियो देखेपछि घुम्न आएको बताए । “यहाँको दृश्यहरू हेर्दा निकै रमाइलो लागेको कारण कलेज बिदाका दिन पारेर घुम्न आएको हुँ”, उनले भने, “यहाँ आएपछि भिडियोमा देखेको भन्दा अझ रमाइलो र आकर्षक लाग्यो ।” बनेपाबाट जन्तीढुङ्गा आगेका गणेश तामाङले यहाँ आइपुग्दा रमाइलो लागेको प्रतिक्रिया दिए । “भिडियोमा त सबै हेर्न पाइँदैन, आफैँ आएर यहाँका हावापानीसँग खेल्दै डाँडासम्म चढेर सुन्दर दृश्य हेर्न पाउँदा झनै रमाइलो हुँदोरहेछ”, उनले भने ।
स्थानीयबासिन्दा शम्भु कुँवरका अनुसार भौगोलिक दृष्टिकोणले मात्र आकर्षक नभएर जन्तीढुङ्गा धार्मिक महत्व बोकेको स्थान पनि हो । मौलिक कथन अनुसार भगवान बेथानचोक नारायणले त्यहाँ रहेको पञ्चकन्या देवीसँग विवाह गर्न गरिएको बाचाअनुसार त्यो पूरा गर्न नसक्दा विवाहका लागि पुगेका बेहुलासहित सबै जन्तीहरू शिला (ढुङ्गा) भएर बसेका कारण त्यो ठाउँको नाम जन्तीढुङ्गा रहन गएको भनिन्छ । भित्तामा लस्करै रहेको ढुङ्गा हेर्न सिँढी निर्माण गरिएको छ । जन्तीढुङ्गाको माथि रहेको समथर स्थानमा बुद्धको प्रतिमा निर्माण र त्यहाँसम्म जाने सिँढी निर्माण गर्न वडा कार्यालयले योजना बनाइरहेको छ ।
मानिसको घुँइचो बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पसल सञ्चालन गरी आम्दानी लिन थालेका छन् । पनौती नगरपालिका–४ खत्रीगाउँका देवीमाया खत्रीले मान्छेको आवागमन धेरै हुन थालेपछि पसल गरेर दैनिक एक हजार पाँच सयदेखि पाँच हजारसम्मको व्यापार गर्ने गरेको बताए । बनेपाबाट जनगाल, भैँसेपाटी बाँसडोल हुँदै बुढागणेश मन्दिर हुँदै करिब नौ किलोमिटर पार गरेपछि जन्तीढुङ्गा पुग्न सकिन्छ । पनौती बसपार्कदेखि चामखर हुँदै पनि यहाँ आइपुग्न सकिन्छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह