नेपाल पर्वतारोहण संघका नवनिर्वाचित कार्यसमितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बधाई तथा शुभकामना दिएका छन् । मन्त्री पाण्डले नयाँ कार्यसमितिलाई मंगलबार मन्त्रालयमा स्वागत गर्दै बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
कार्यक्रममा मन्त्री पाण्डे, संघका नवनिर्वाचित सबै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।