
डोल्पा । शे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरको छ ।
साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मङ्सिर ९ र १० गते बसको १६औँ हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्नेगरी स्थानीय जनतासँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिए ।
उनले स्थानीय पालिकाको सिमित स्रोतसाधनबाट मात्र जनताको माग पूरा गर्न नसकिने देखिएकाले डोल्पा जिल्लास्थित गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा विकास योजना सम्पन्न गर्ने पक्षमा गाउँसभा रहेको स्पष्ट गरे । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको साल्दाङस्थित पालिका कार्यालयले यस आर्थिक वर्षअन्तर्गत हिउँदे अधिवेशन गर्ने पहिलो पालिका भएको दाबी गर्दै बेरुजु फर्स्योटलाई प्राथमिकता दिई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सो पालिकाले स्थानीय गैरसरकारी संस्था एलआईएसपीसँगको साझेदारीमा औचित्य र आवश्यकताका आधारमा तीन करोड रुपैयाँ वडाहरूलाई बाँडफाँड गरको पालिका अध्यक्ष गुरुङले जानकारी दिए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान