
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि खुलाएको प्राथमिक शेयर (IPO) मा आवेदन दिने अन्तिम दिन आज, भदौ १५ गते, तोकिएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर उपलब्ध गराएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट लिमिटेड रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई प्राथमिक शेयर वितरण गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। स्वीकृतिसँगै कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता (५८ करोड ६० लाख रुपैयाँ बराबर) शेयर सार्वजनिक गर्ने तयारी गरेको हो। हाल कम्पनीले तनहुँमा केवलकार र होटल व्यवसाय सञ्चालन गरिरहेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह