
ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ’नेपाल टेक मार्केट’ ले एक नयाँ ’सफ्टवेयर’ प्रणाली सार्वजनिक गरेको छ। यो प्रणाली सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा विकास गरिएको हो।
नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो पहल प्रविधि मात्र नभई सामाजिक जिम्मेवारीसँग जोडिएको बताएका छन्। उनले फोहोरलाई समस्या मात्र नभई यसलाई पुनःप्रयोग र पुनःचक्रण गरेर दिगो समाधान सिर्जना गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए। अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इन्जिनियर मङ्गल कृष्ण प्रधानका अनुसार, यो प्रणाली प्रयोगकर्ता–मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलनहरू समावेश गरिएको छ। उनले यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो भएको बताए। यसले फोहोर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
यो फोहोर व्यवस्थापन सफ्टवेयरका सम्भावित प्रयोगकर्ताहरूमा फोहोरमैला व्यवस्थापन कम्पनी, घरपरिवार, अस्पताल, होटल, व्यवसायी, विद्यालय, र सरकारी संस्थाहरू पर्छन्। यो प्रणालीमार्फत प्रत्येक फोहोर व्यवस्थापन कम्पनी, फोहोर उत्पादन गर्ने सङ्घसंस्था र घरहरूबिच अन्तरसम्पर्क गर्न सकिनेछ।
यसका केही मुख्य विशेषताहरू यस प्रकार छन्ः
अनलाइन भुक्तानीः फोहोर व्यवस्थापनका लागि लाग्ने शुल्क अनलाइन भुक्तानी गर्न सकिन्छ।
नगरपालिकाको ड्यासबोर्डः नगरपालिकाका लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराइएको छ, जसबाट उनीहरूले आफ्नो नगर वा वडामा भइरहेका फोहोर व्यवस्थापन गतिविधिहरू निगरानी गर्न सक्छन्।
जीपीएस प्रणालीः फोहोर बोक्ने सवारी साधनहरूमा जीपीएस प्रणालीको उपयोग गरिएको छ, जसले गर्दा व्यवस्थापन अझ प्रभावकारी हुन्छ।
फोहोरको वर्गीकरणः यस प्रणालीले फोहोरको वर्गीकरणअनुसार व्यवस्थित पुनःउपयोगमा पनि जोड दिन्छ।
नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको र यसले स्थानीय तहको कार्यक्षमता बढाउनुका साथै समुदायलाई सफा सहर कायम राख्न प्रेरित गर्ने बताएकी छिन्।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल