
काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो ।
वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी समयका लागि सम्बन्ध विस्तारको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडान सञ्चालन गर्ने र आपसी सम्बन्ध अझ सुदृढ बनाउने विषय उठाएका थिए। जवाफमा राष्ट्रपति पुटिनले तत्काल ठोस जवाफ नदिए पनि दुई देशबीचको दौत्य सम्बन्ध स्मरण गराएका छन्। उनले दुई देशबीच भूराजनीतिक वा कूटनीतिक कुनै मतभेद नभएको र आपसी सहयोग थप विस्तार गर्न सकिने बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला