
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।
वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उनी चिन्तित छन् । अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उनको जोड छ ।













समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सप्तरीबाट १४ सय किलो गाँजा बरामद
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
ब्राइटनसँग आर्सनलको हार
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
एनपीएलको खेल तालिका सार्वजनिक