
काठमाडौं । नेपाल डेरी एसोसिएसनले देशको आर्थिक क्रियाकलाप सहज हुने वातावराण् निर्माणको दायित्व सरकारको भएको बताएका छन् । एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्र सबलिकरण बनाउने दायित्व राज्यको भएको बताएका हो ।
देशको अर्थतन्त्रको सबलीकरणका लागि आर्थिक विकासका समग्र पक्षहरूमा राज्यले लिने आर्थिक नीतिले आर्थिक विकासमा निजी, सरकारी तथा सहकारीको भूमिकालाई प्रवद्र्धन, विश्वव्यायीकरण, उदारीकरण तथा खुला बजारमुखी अर्थव्यवस्थालाई नियमन, व्यवस्थापन र परिचालन गरी स्वस्थ्य प्रतिस्पर्धाबाट आर्थिक क्रियाकलाप सञ्चालन हुने वातावरण सुनिश्चित कायम गर्नु राज्यको अनिवार्य दायित्व हुने एसोसिएनको भनाइ छ ।
‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत मात्रै दिगो, आत्मनिर्भर, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास सम्भव हुने हुँदा उत्रतिशील अर्थतन्त्र बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र अर्थतन्त्रको विकास आजको साझा ध्थेय भएकोले सरकारले अंगिकार गरेको निजीकरणको नीति अन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको विकास संस्थानले कास्की जिल्ला स्थित पोखरामा स्थापना भएको आफ्नो दुग्ध प्रशोधन तथा प्याकेजिङ्क प्लाट दुई दशक अघि नै निजी क्षेत्रलाई हस्तान्तरण गरी सकेको अवस्थामा यस क्षेत्रमा निजी क्षेत्रका दुग्ध व्यवसायबाट अर्बौको लगानीमा हजारौं रोजगारी सृजना भई रहेको समयमा पुनः दुग्ध विकास संस्थान पोखरा स्थापना गर्ने खोज्नुको लिएको निर्णय प्रति हामी दुग्ध क्षेत्रमा क्रियाशिल उत्पादक, व्यवसायी, सहकारी संस्था तथा सरोकारवालहरूको गहिरो चिन्ता व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति अनुसार दुग्ध विकास संस्थानभित्र ब्याप्त समस्याहरूले सृजित विभित्र घटना परिघटनाको पृष्ठभूमिमा संस्थानले पोखरा क्षेत्र फर्कनु खोज्नु विषयले अनेकौं शंकाका सुविधाहरूका संकेत गर्ने भएकोले यस विषम परिस्थितिमा संस्थानले आफ्नो कम्पनीको ध्येयानुसार कम्पनीको साख जोगाउँन तर्फ ध्यान राख्न मनासिव हुने हुँदा दुग्ध व्यवसायीहरूमा अझ बढी निजी क्षेत्रमा लगानीको वातावरण बनाई स्वरोजारीको अवसर सृजनाका लागि राज्यले प्रोत्हसान गर्ने तर्फ जोड दिन आग्रह गर्दछौं । निजी क्षेत्रलाई हतोत्साही बनाउने कार्यप्रति खेद प्रकट गर्दै पोखरामा दुग्ध प्रशोधन कारखाना स्थापनाको निर्णय तत्कालै सच्चाउन अपिल गरिएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह