
काठमाडौं । सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पुँजीको ८० प्रतिशत बराबर अर्थात १० कित्ता सेयरमा ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो।
यस योजनाअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर जारी गर्नेछ। यसरी जुट्ने रकम १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहनेछ। कम्पनीले यसअघि साउन २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ सेयरधनी रहेका लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन्। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।
हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट समेत आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी वा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल सिटी होटल लिमिटेडको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। हकप्रद सेयर बिक्री र बाँडफाँट सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू