
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई अध्यक्षका रुपमा जिम्मेवारी दिइएको छ । बिहीबार अर्थमन्त्रालयले नितिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाज गर्ने गरी जिम्मेवारीमा तोकेको हो ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका थिए । सो पश्चात् प्राधिकरणको रिक्त पदका लागि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिवलाई कामु अध्यक्षको जिम्मेवारी दिइएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै