
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले वैधानिक प्रक्रियाबाटै निकास निकाल्नु पर्ने बताएकी छिन् । उनले विज्ञप्ति जारी गर्दै जस्तोसुकै विषम राजनीतिक परिस्थिति भएपनि सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुपर्ने बताएकी हुन् ।
नेपाली जनताले लोकतान्त्रिक प्रणाली एवं गणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेको गौरवाशाली इतिहास रहेको उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘लामो राजनीतिक संक्रमणकाललाई समाप्त पार्दै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरेर सामाजिक न्याय र समानतामा आधारित विकसित नेपाल बनाउने हेतुले जननिर्वाचित संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ ।’
नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको अहिलेको संविधान एउटा उत्कृष्ट संविधान रहेको बताइन् । विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ । प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ । यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ ।’
जेन–जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउँदै संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने उनको भनाइ छ ।













समाचार
एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आजदेखि
भोजपुरको डाँडा गाउँमा ‘एक घर, एक धारा’को पहुँच
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
साताको सेयर : स्थिर जस्तै पुँजी बजार, हप्तामा ६ अंकले घट्दा कतिको भयो कारोबार ?
एप्पलले चीनको बजारका लागि आफ्नै स्वामित्वको एआई मोडल तयार गर्यो, अलिबाबाले सघाए
हप्ता दिनमै ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको सटहीदर
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’