
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका कारणले भएको क्षतिको छिटो भुक्तानी दिन निर्देशन दिएको छ । प्राधिकरणले पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो ।
गत सोमबारदेखि जेनजीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिला दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो । त्यसपछि अक्रोशित जेनजी समूहले मंगबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गरेको अवस्था छ । प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबार सहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन् ।
सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ । यसरी भएको क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो । प्राधिकरणले कुन–कुन शीषर्कमा माग दाबी आएको हो, त्यसको समयमा विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले सम्पत्ति, निजी तथा सार्वजनिक गाडी, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमालेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो ।
साथै, प्राधिकरणले पछिल्लो परिस्थितिका कारण भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा नियमित गर्न समेत कम्पनीहरूलाई निर्देशन दिएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय