काठमाडौं । नेपालका अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई तिब्बती धार्मिक गुरु दलाई लामाले बधाई ज्ञापन गरेका छन् । नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई लामाले बधाइ सन्देश पठाएका हुन् ।
‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन्,’ शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ । उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’
भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् ।