
काठमाडौं । श्रीलंकाले एसीसी टी–२० एसिया कपमा हङकङमाथि संघर्षपूर्ण जित निकालेको छ । श्रीलंकाले हङकङमाथि ४ विकेटले पराजित भएको हो ।
यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ । जितका लागि १५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांकाले ६८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । कुशल मेन्डिस ११, कामिल मिसारा १९, कुशल परेरा र वानिन्दु हसरंगाले २०/२० रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले २, आयुश शुक्ला, एहसान खान र अजिज खानले १–१ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए । अंशुमन रथले ४८, जिशान अलीले २३ र बाबर हायतले ४ रन जोडे । श्रीलंकाका दुश्मन्था चमिराले २, वानिन्दु हसरंगा र दासुन शानकाले १–१ विकेट लिए ।
समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा समूह विजेताको रुपमा सुपर फोर खेल्नेछ । मंगलबार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको खण्डमा भने अन्तिम खेलमा हारका बाबजुद श्रीलंका सुपर फोरमा पुग्नेछ । उक्त खेलमा बंगलादेश विजयी भएमा र अन्तिम खेलमा श्रीलंकाले हारेको खण्डमा भने नेटरनरेटमा भरपर्नेछ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल