
काठमाडौं । च्याम्पियन्स लिगमा आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन् । आर्सनलले आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ । दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छिरेको ३६ सेकेन्डमै गोल गरे गर्दै टोलीलाई अग्रता दिलाए । उनले ७१ औं मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा गोल गरेका हुन् । ८६औं मिनेटमा ट्रोसार्डले गोल गरे।
२०१४–१५ पछि पहिलोपटक च्याम्पियन्स लिग खेलेको एथलेटिक क्लबले घरेलु मैदानमा आर्सनललाई दबाबमा राखे पनि गोल निकाल्न सकेन । उत्कृष्ट प्रदर्शन नभए पनि आर्सनलले ३ अंक र क्लिनसिटसहित आफ्नो अभियान सफलतापूर्वक सुरु गरेको छ।
अर्को खेलमा पिएसभी आफ्नै मैदानमा बेल्जियमको रोयाल युनियन एसजीसँग ३–१ पराजित भएको छ । नवौं मिनेटमा प्रॉमिस डेभिडले पेनाल्टीबाट गोल गर्दै पाहुनालाई अग्रता दिलाए । ३९औं मिनेटमा अनोआर ऐत एल हाजले दोस्रो गोल थपे।
दोस्रो हाफमा पिएसभीले अवसर पाए पनि गोल गर्न सकेनव। उल्टो ६५औं मिनेटमा केभिन म्याक एल्लिस्टरले तेस्रो गोल गरे। ९०औं मिनेटमा रुबेन भान बोमेलले सान्त्वना गोल गरे पनि खेल ३–१ ले रोयालको पक्षमा टुङ्गियो। यो जितसँगै बेल्जियमको क्लबले बलियो सुरुवात गरेको छ भने पिएसभी दबाबमा परेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम