
काठमाडौं । नेपालकै प्रमुख निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा सुरु गरेको २० औं वर्ष पूरा गरेको छ । विगतमा निकै हर्षोल्लासका साथ एनसेलले आफ्नो वार्षिकोत्सव मनाउँदै आएपनि यसपालीको २० औं वार्षिकोत्सवमा त्यस्तो उत्साह देखिएको छैन् ।
गत भदौ २३ र २४ मा जेनजी प्रदशर्नका क्रममा एनसेल मुख्यालय ‘एनसेल आइकन’ मा लुटपाट र आगजनी भइ कम्पनीले ठूलो क्षति ब्यहोर्न बाध्य भयो । ऐनसेलले आफ्नो वार्षिकोत्सव मनाउन तयारी गरिरहँदा कम्पनीमाथि सबैभन्दा ठूलो भौतिक क्षतिसहितको बज्रपात आइपर्यो । फलस्वरुप ऐनसेलले आफ्ना वार्षिकोत्सवका पूर्वनिर्धारत कार्यक्रम स्थगन गरेर आफू अझ दृढ तथा लगनशीलताका साथ पुनः उठ्ने अभियानमा लागि परेको छ ।
एनसेलले आफुमाथि ठूलो बज्रपात आइपरे पनि आम उपभोक्ता माझ सहज सञ्चारका लागि यसअघि तीन दिन निशुल्क भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा प्रदान गरेको थियो । यसअघि पनि कोरोनालगायत विभिन्न विपदजन्य तथा संकटका बेला एनसेलले निःशुल्क सेवा समेत दिँदै आएको छ ।
सन् २००५ सेप्टेम्बर १७ मा ‘मेरो मोबाइल’ नामबाट नेपालमा आफ्नो सेवा सुचारु गरेको थियो । त्यतिबेला नेपालमा ६ प्रतिशत जनसंख्यामा मात्र मोबाइलको पहुँच थियो । एनसेलको आगमनपछि नेपालीका हात हातमा मोबाइलको पहुँच विस्तार गर्नमा कम्पनीको ठूलो योगदान छ ।
मुलुकमा उत्पन्न विभिन्न आरोह अवरोधका बीच पनि एनसेलले आम उपभोक्तामाथि सेवा विस्तार गर्ने आफ्नो निर्वाहबाट कहिल्यै पनि बिचलित भएन् । बरु, त्यहीँ अवधिमा आएका टेलिया, स्मार्ट टेलिकमजस्ता निजी लगानीका सेवा प्रदायकहरु बजारमा प्रतिष्पर्धा गर्न नसकी बाहिरिए तर, ऐनसेलले भने आफ्नो सेवालाई अझ प्रतिष्पर्धी र परिस्कृत हुँदै लग्यो । सुरुमा टुजी सेवा विस्तार गरेसँगै कम्पनीले सन् २०१० मा थ्रीजी सेवा विस्तार गरेको थियो । अहिले भने कम्पनीले आम उपभोक्ता समक्ष फाइभजी सेवा विस्तार गर्ने तयारी गर्दै अघि बढेको छ । एनसेलले आफ्नो सेवा नेपालका ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै