
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कामना सेवाको १० प्रतिशत र यूनिभर्सल पावरको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।
समायोजनपश्चात कायम सेवा विकास बैंकको सेयरमूल्य ४७७ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यूनिभर्सल पावरको ३८० रुपैयाँ २८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामनाको सेयर प्रतिकित्ता ५२५ रुपैयाँ ५० पैसा र यूनिभर्सलको ४१४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह