काठमाडौं । मनास्लु हिमाल आरोण गरेको दि टेरेसेस रिसोर्टका महानिर्देशक जेञ्जिङ डेभिड शेर्पा सहितको टोलीलाई बधाइ दिइएको छ । ८,१६३ मि. को उचाइको हिमाल सफलतापूर्वक आरोहण गरेका महानिर्देशक शेर्पा तथा Asian Trekking – Chengdu Snow Lion Sports Manaslu Expedition २०२५ टोलीका १८ जना विदेशी पर्वतारोहीहरू र १८ जना नेपाली सहपर्वतारोहीहरूलाई बधाइ ज्ञापन गरिएको हो ।
राजनीतिक परिवर्तनको संवेदनशील अवस्थामा पनि यस सफल आरोहणले नेपालमा शान्ति, स्थायित्व, र समृद्धिको सकारात्मक सन्देश सम्पूर्ण विश्वमा पुर्याउने छ भन्नेमा दृढ विश्वास लिएको भन्दै बधाइ ज्ञापन गरिएको हो । उनीहरुलाई आङ छिरिङ शेर्पा मानार्थ सदस्य, (UIAA), निर्वतमान अध्यक्ष, (UAAA) र पूर्व अध्यक्ष, नेपाल पर्वतारोहण संघ (NMA) रहेका छन् ।