
काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पूर्वअध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रले १० औँ लाखलाई राजगारी दिन सक्ने बताएका छन् । आज टानको ४६ औँ वार्षिक साधारणसभामा बोल्दै पूर्वअध्यक्षले यस्तो बताएका हुन्।
रोजगारीका लागि विदेश गइरहेको अवस्थामा नेपालमा नै रोजगारी पाउन सक्ने क्षेत्रलाई राज्यले ध्यान नदिएको पूर्वअध्यक्ष धमलाले बताए । यसका लागि सरकारले केही सुधार गरेको खण्डमा नेपालमा रोजागरी सृजना हुने उनको भनाइ छ । त्यस्तै पर्यटन क्षेत्रले सरकारको जीडीपीमा ७ प्रतिशत योगदान पुर्याएको अवस्थामा सरकारले यो क्षेत्रका लागि आवश्यक पर्ने कानुनहरु निर्माण गर्नु पर्ने उनले बताए ।
‘पर्वतारोहण क्षेत्रमा निकै समस्याहरु आइरहेको छ । यस्तो समस्याहरुलाई उजागर गरेर अघि बढ्नु पर्ने हुन्छ,’ उनले भने। अहिले पनि पुरानो ऐनका आधारमा काम भइरहेको भन्दै यसमा सरकराले ध्यान दिनु पर्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक विमानहरु खरिद गर्नुपर्ने आवश्यक रहेको उनकाले बताए ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै