
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम बिहीबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको बजार लगातार दोस्रो दिन पनि घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १३९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० अंकले घटेर ४५९.२८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भेन ४ वटाको मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा समेत गिरावट आएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ७९ लाख ५३ हजार ७४० कित्ता सेयर ३७ हजार ५६२ पटक खरिद बिक्री हुँदा ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको थियो ।
आज सेयर बजारमा हिम स्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम