
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४० लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।
यस कम्पनीले जेठ ४ गतेसम्म कायम सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयर साउन १८ गते बाँडफाँड भएको थियो । त्यस बाँडफाँडमा ३५ लाख ८१ हजार २६२ कित्ता मात्रै बाँडफाँड भएको थियो ।
अवितरित रहेको ४ लाख १८ हजार ७३८ कित्ता शेयर भने लिलाम बढाबढ मार्फत बिक्री खुला गरी बाँडफाँड भएको थियो । नेप्सेले विहीबार सोही ४० लाख कित्ता सेयर सूचीकरण गरेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह