
काठमाडौं । एसिया कप २०२५ को उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनामा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारत च्याम्पियन भएको हो ।
जितका लागि १४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका तिलक बर्माले सर्वाधिक ६९ रनको अविजित पारी खेले । मध्यगतिका बलर फहिम अशरफले दोस्रो ओभरको पहिलो बलमा ओपनर अभिषेक शर्मालाई ५ रनमा हरिस रौफबाट क्याच गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । खराब लयबाट गुज्रिएका कप्तान सूर्यकुमार यादव फाइनलमा शाहिन शाह अफ्रिदीको बलमा एक रनमा कप्तान सलमान अली अघाबाट क्याच आउट हुन पुगे । शुभमन गिल पनि १२ रनको व्यक्तिगत स्कोरमा आउट भए पछि भारत एक समय निकै दयनी अवस्था २०–३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि सञ्जु स्यामसन र तिलक बर्माले ५७ रनको साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए । सञ्जु २४ रनमा आउट भए । शिबम दुबेले ३३ रनको महत्वपूर्ण पारी खेले । पाकिस्तानका फहिम अशरफले ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले र अब्रार अहमदले समान १—१ विकेट लिए ।
दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १४६ रनमा अल आउट भयो । एक समय १२.४ ओभरमा ११३–१ को अवस्थामा रहेको पाकिस्तानका ब्याटरले स्पिन खेल्न नसकेपछि बाँकी ३३ रन जोड्न ९ विकेट गुमाएपछि विशाल योगफलको अवसर गुमाएको हो । पाकिस्तानका ओपनर शहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए । उनको यो भारतविरुद्ध लगातार दोस्रो अर्धशतक हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह