
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालीन बन्द भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला आसपासको क्षेत्रमा ढुंगा र पहिरो खस्ने क्रम रहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएरातिदेखिको अविरल वर्षाले ढुंगा पन्छाउन समेत नसकिएको हो । हाल भारी वर्षाको सम्भावनाले पनि जोखिम मुल्याङ्कनका लागि सडक बन्द गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि पनि असोजको पहिलो सातामा नारायणगढ मुग्लिन सडक अन्तर्गत तुइन खोलामा पहिरो जाँदा ३६ घण्टा बाटो अवरोध भएको थियो । यता मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो भर्खरै हटाइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै