
काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । मंगलवार दक्षिण एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२/८३ मा २.१ प्रतिशत र त्यसपछिको वर्ष २०८३÷८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।
हालै भएको आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछिको वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आंकलन गरेको थियो तर पछिल्लो परिस्थीतिलाई निहाल्दै विश्व बैंकले त्यसलाई घटाएको हो ।
पछिल्ला आन्दोलनहरुलाई विश्व बैंकले शासन प्रणाली प्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका रुपमा अथ्र्याएको छ । मुलुकमा बढेको भष्ट्राचार, व्यवसायिक वातावरण बन्न नसक्दा छिमेकी मुलुकहरुमा जस्तो नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ । प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।
विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुट्टले प्रतिवेदनमा भनेका छन्, ‘दक्षिण एशियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ । एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन् ।’
विश्व बैंकका अनुसार,सेवा क्षेत्रमा भने तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ । यस्तै चरणवद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्नसके, निजी लगानी र रोजगारी दुवै बढ्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंककाअनुसार दक्षिण एशियाको आर्थिक वृद्धि यसवर्ष ६.६ प्रतिशत हुनेछ । विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२६ मा दक्षिण एशियाको वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । यो अघिल्लो प्रक्षेपण भन्दा ०.६ प्रतिशत कम हो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम