
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो भने चाँदीको मूल्य पनि हालसम्मकै उच्च बनेको हो ।
आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन तोलाको २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह