कामना सेवा विकास बैंकको साधारणसभा आज, लाभा‌स प्रस्ताव पारित गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको १९ औँ साधारणसभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिन बुक क्लोज गरिसकेको छ । तसर्थ असोज ७ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार