
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ । अब कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता जारी गर्न लागेको हो ।
यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २९ गते रहेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले रहेको छ ।












समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना