
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । यस हकप्रद सेयरमा साउन २२ गतेसम्म कायम सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । यसअघि असोज १३ गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएकोमा म्याद थपेर असोज २६ गतेसम्म कायम गरिएको थियो ।
इच्छुक सेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र प्रभु बैंकको बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयका साथै मेरो सेयर प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन् । यसमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला