
काठमाडौं । एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १–० गोल अन्तरले पराजित भएको छ । लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको हो ।
भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो । नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर गोलमा परिणत भयो । यही गोलमा भियतनामले पहिलो हाफमा १–० को अग्रता बनायो । नेपाल विरुद्ध घरेलु टोली भियतनामले दोस्रो हाफमा पनि दबाब बनायो। तर पाएको मौकालाई सदुपयोग गर्न सकेन। नेपालले पनि ८५ औं मिनेटमा गोल गर्ने मौका गुमायो। दिनेश हेन्जानले क्लोज रेन्जबाट हानेको प्रहार आकाशियो। भियतनामले पनि थप गोल गर्न सकेन् । खेल १–० ले जित्दै भियतनाम महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो ।
आजको खेल भारी वर्षाको कारण आधा घन्ट ढिला सुरू भएको थियो । आज नेपालका रोहित चन्दले १ सयौं अन्तर्राष्ट्रिय खेल खेले । नेपाल पहिलो लेगमा भियतनामसँग ३–१ ले हारेको थियो। नेपाल भियतनामसँग चौथो भेटमा चौथो पटक नै पराजित भएको छ । यसअघि नेपाल पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो । ग्रुप ‘एफ’ मा शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ । भियतनाम ९ अंक सहित दोस्रो स्थानमा छ । लाओससँग ३ अंक छ भने नेपाल अंक बिहिन छ ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार