
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूबाट बीमालेख (पोलिसी) सरेण्डरमार्फत बाहिरिएको रकम चालु आर्थिक वर्षको भदौ महिनासम्म ९.१८ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आवको दुई महिनाभित्र मात्रै २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बीमालेख सरेण्डरमार्फत बाहिरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा देखिएको २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँको तुलनामा कम हो ।
बीमालेख समर्पण (पोलिसी सरेण्डर) गर्ने बीमितको संख्या पनि घटेको छ। गत वर्षको भदौसम्म १९ हजार ७४१ जनाले बीमालेख सरेण्डर गरेका थिए भने चालु आवको भदौ महिनासम्म त्यो संख्या १५ हजार ८९८ मा झरेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा १९.४७ प्रतिशतले कम हो। त्यस्तै, जीवन बीमाका व्यतित बीमालेख — अर्थात् नविकरण नभएका पोलिसीहरू — भने वृद्धि भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ बराबरको बीमा रकम नविकरण भएको थिएन भने चालु वर्षको भदौसम्म त्यो रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । जुन ५.०७ प्रतिशतले बढी हो। नविकरण नभएका बीमालेखको संख्या पनि २.७९ प्रतिशतले बढेर १२ लाख १३ हजार ५६२ पुगेको छ। जुन अघिल्लो वर्ष ११ लाख ८० हजार ६१६ थियो।
पोलिसी सरेण्डरदर घट्नु सकारात्मक संकेत भए पनि नविकरण नहुने बीमालेखको संख्या र रकमको वृद्धि बीमा कम्पनीहरूका लागि चिन्ताजनक बनेको छ। नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू र अभिकर्ताहरूको निरन्तर जनचेतना र सक्रियताको परिणामस्वरूप पोलिसी सरेण्डर दर केही कम भएको मानिन्छ। केही समयअघि राजनीतिक अस्थिरता र सहकारीमा फसेका नागरिकहरूले जीवन बीमाको प्रिमियम पनि जोखिममा परेको ठानी पोलिसी सरेण्डर गर्ने प्रवृत्ति बढेको थियो। तर हाल त्यस प्रवृत्तिमा कमी आएको देखिन्छ।
यद्यपि, व्यतित बीमालेख र नविकरण नहुने बीमितहरूको संख्या बढ्दो क्रममा रहनु बीमा क्षेत्रको दीर्घकालीन स्थायित्वमा चुनौती बन्ने देखिन्छ।












समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै