
काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसन आगामी आईपीएल २०२६ मा लखनऊ सुपर जायन्ट्स (एलएसजी) का रणनीतिक सल्लाहकारमा नियुक्त भएका छन्। टिमका मालिक सञ्जीव गोयनकाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
गोयनकाले लेखेका छन्,‘विलियमसनको नेतृत्व, रणनीतिक समझ, खेलप्रतिको गहिरो ज्ञान र खेलाडीलाई प्रेरित गर्ने क्षमता उनलाई हाम्रो नियुक्त गरिएको हो।’
३५ वर्षीय विलियमसन यसअघि पनि सुपर जायन्ट्स फ्रेन्चाइजसँग सम्बद्ध भइसकेका थिए। यससँगै न्युजिल्यान्डका पूर्व अफ–स्पिनर कार्ल क्रोलाई एलएसजीले स्पिन बलिङ कोचको रूपमा नियुक्त गरेको छ। उनी यसअघि कोलकाता नाइट राइडर्सका स्पिन सल्लाहकार रहिसकेका हुन्।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु