जेनजी आन्दोलनका कारण भएको क्षतिमा २३ अर्ब १९ करोड बीमा दाबी, करिब २ अर्ब दाबी भुक्तानी

काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरिएको छ ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले बिमा प्राधिकरणलाई दिएको छ ।

पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीह्रूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको छ ।

निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको बीमा दाबी र भुक्तानीको विद्यमान अवस्था

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार