
काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।
चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार २६०, रजिष्ट्रेशन शुल्क १ अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ संकलन भएको छ ।
विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौंले २७ करोड ४२ लाख ९६ हजार २१०, आगलागी र तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले ४१ लाख ५० हजार ३७१ बराबरको राजस्व संकलन गरेको छ । यसैगरी मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार ६३९, मालपोत कार्यालय दमक झापाले २ करोड ८६ लाख ४१ हजार ३९०, मालपोत कार्यालय मनमैजु काठमाडौँले ४ करोड ७७ लाख २३ हजार ३६१ बराबरको राजस्व संलन गरेको विभागले जनाएको छ ।
गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार ४४२ वटा नामसारी, रोक्का २३ हजार ९१४, फुकुवा १७ हजार ९ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार ७३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज