आईसीसी विश्वकप लिग टुः नेपाल र अमेरिकाबीच आज खेल हुँदै

काठमाडौं । नेपालले आज आईसीसी विश्वकप लिग टु अन्तर्गत अमेरिकासँग खेल्दै छ । आईसीसी विश्वकप टी २० एशिया तथा इस्ट एशिया प्यासिफिकमा अपराजित रहँदै टी २० विश्वकपमा छनोट भएको नेपाल एक दिवसिय संरचनाका खेलहरुमा सहभागि हुन यूएई पुगेको हो ।

लिग टु को यो श्रृंखला आजदेखि यूएईमा शुरु हुँदैछ । आज नेपालले पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ । आजको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ ।

लिग टु श्रृंखलामा नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ । गत असारमा स्कटल्याण्डमा भएको श्रृंखलामा ३ खेल जित्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार