
ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सभामा आईएसएका सदस्य राष्ट्रका ऊर्जा मन्त्री तथा प्रतिनिधिहरू सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र सहकार्यका अवसरबारे उच्चस्तरीय छलफल गर्नेछन्। मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागी हुँदै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। नेपाल दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको प्रयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रममा सहभागिता जनाएको हो। मन्त्री घिसिङले स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्वव्यापी अन्तरआवद्धताको विषयमा मुख्यरविशेष सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ।
सन् २०१५ नोभेम्बरमा पक्ष राष्ट्रहरूले सौर्य ऊर्जाको व्यापक प्रवर्द्धनका चुनौती संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्यसहित आईएसए सम्बन्धी पेरिस घोषणा जारी गरेका थिए। सन् २०३० सम्ममा सौर्य ऊर्जामा आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन र भविश्य प्रविधिका लागि मार्गनिर्देशन सुनिश्चित गर्न आईएसए स्थापना गरिएको हो।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’