काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणतर्फको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ मार्फत बिक्री गरेको छ । कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेकोमा सो अवधिभित्र परेका बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड गरिएको हो ।
बाँडफाँको अन्तिम मूल्य (कट अफ प्राइस) १८४.६० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । साथै बाँडफाँडमा नपरेकाहरूको रकम भोलि कात्तिक १२ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।