काठमाडौं । सिटि होटल लिमिटेडले जारी गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ४९ हजार १८५ जना सेयरधनीहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको जनाएको छ ।
बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आज कात्तिक १२ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ । साथै बाँडफाँडपछि बाँकी रहेको २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।