
काठमाडौं । आफूले पाउने बोनसको असन्तुष्टिमा आन्दोलनरत नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आन्दोलन स्थगित गर्ने भएका छन्। आफूहरूले पाउने बोनसको विषयमा असन्तुष्टि जनाउँदै केही दिनदेखि आन्दोलनमा रहेका नेप्से कर्मचारीहरूले भोलि (बिहीबार)देखि आन्दोलन स्थगित गर्ने तयारी गरेका हुन्।
श्रम अदालतले नेप्सेलाई वार्षिक नाफाको ५ प्रतिशत रकम कर्मचारी बोनसका रूपमा छुट्याउन निर्देशन दिएपछि व्यवस्थापनले उक्त निर्णय अस्वीकार गरेको थियो। व्यवस्थापनले अदालतको आदेश कार्यान्वयन नगरेपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। नेप्से व्यवस्थापनले श्रम अदालतको फैसलाविरुद्ध असोज २८ गते सर्वोच्च सर्वोच्च अदालत गएकामा सर्वोच्चले दुवै पक्षलाई कात्तिक २३ गते उपस्थित हुन आदेश दिएको छ।
नेप्सेका कर्मचारी संगठनले बोनससम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै नेप्से कर्मचारीहरूले अहिलेका लागि आन्दोलन स्थगित गर्ने तयारी गरेको बताएका छन् ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता