काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ९६५ रुपैयाँमा कारोबार कारोबार भएको थियो ।