सुनको मूल्य बढ्यो चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको सामान्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार