
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए ।
जबकि गत आवको तीन महिनामा भने रु. छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो । चालु आवको तीन महिनामा रु. तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व संकलन भएको छ ।
त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने रु. दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार चार सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा रु. ६२ करोड २४ लाख मूल्य पर्ने तीन सय ३० जीप, कार र भ्यानको आयात भएको छ । ती सवारीसाधनको आयातबाट रु. एक अर्ब ७५ करोड राजस्व संकलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने रु ७६ करोड ५८ लाख मूल्य पर्ने चार सय ३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने रु. एक अर्ब ९६ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु. ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व संकलन भएको छ ।
गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु. १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व संकलन भएको थियो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह