काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ०.८६ अंकले बढेर २६२३.७६ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर घटेको छ । उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले बढेर ४५६.५९ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ८ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ४१ कम्पनीका १ लाख ३ हजार ५९० कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँको कारोबार भएको छ ।